श्रेष्ठ सम्मानित


हालै सम्पन्न प्रतिनिधी सभाको निर्वाचनमा निर्वाचित हुन सफल पूर्व राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव जीवन राम श्रेष्ठलाई नेपाल राष्ट्रिय मार्सल आर्टस् गेम्स महासंघले शुक्रबार एक कार्यक्रमकाविच सम्मान गरेको छ ।
श्रेष्ठले सदस्य सचिव तथा ओलम्पिक कमिटिका अध्यक्षको हैसियतले खेलकुद विकासमा पु¥याएको योगदानको स्मरण गर्दै एक खेलकर्मीै जसले खेलकुदलाई नजिकबाट नियालेको छ त्यस्ता व्यक्तित्व प्रतिनिधी सभाको सांसद पदमा निर्वाचित हुनुले खेल क्षेत्रको ईज्जत बढेको र आगामी दिनमा खेलकुद निकायको नेतृत्वमा पुग्दै समग्र खेलकुदको विकासमा योगदान पु¥याउन सफल होउन भन्दै एनएमजीसीका उपाध्यक्ष अञ्जन धमलाले प्रशंसा पत्रद्वारा सम्मान गरे ।
कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले आफुले खेलकुद विकासका लागि सदा सकृय रहेको भन्दै खेलकुदकर्मीहरुको साथ र सहयोग प्राप्त गरेमा खेलकुदको माध्ययमले विश्वमा परिचित गराउन सफल खेल क्षेत्रलाई अझ अगाडी बढाउन कुनै कसर बाँकी नराख्ने बताए । उनले राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रहँदा सवैलाई स्वस्थ बनाउन बालक देखि बृद्ध सम्मलाई खेलकुदमा संलग्न गराउने उद्धेश्यका साथग सवैका लागि खेलकुद भन्ने नाराका साथ खेल क्षेत्रलाई अगाडी बढाएको बताए ।
सम्मान कार्यक्रममा एनएमजीसीका महासचिव दिनेश शर्मा लगायत महासंघका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।

Comment