नेपाल पहिलो, पुजा र कमल उत्कृष्ट

 

 

 

 

 

 

 

 

 

धनगढीमा भएको आठौ अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाली टोली पहिलो भएको छ । नेपालले कुल २३ स्वर्ण, २३ रजत र ४८ काश्य पदक हात पारेको हो । यसैगरी, भारतले नौ स्वर्ण, १३ रजत र २९ काश्य पदक हात पार्दै दोश्रो स्थान पायो । भुटानले ६ स्वर्ण,२ रजत र एक काश्य पदक पायो । श्रीलंकाले दुइ स्वर्ण,एक रजत र चार काय पाउदा बंगलदेशले एक स्वर्ण, दुइ रजत र दुइ काश्य पक जित्यो । पाकिस्तानले एक स्वर्ण र एक रजत हात पारेको छ ।
सुदुर पश्चिमाञ्चल कराते डो संघ युजेनकाइको आयोजनामा सञ्चालीत प्रतियोगिताको टिम कातामा एपीएफ पहिलो, नेपालकै सुदुर पश्चमाञ्चल दोश्रो तथा पूर्वाञ्चल तेश्रो भए । एपीएफले ५१ हजार, सुदुर पश्चिमले ३१ हजार तथा पूर्वाञ्चलले २१ हजार रुपैया पुरस्कार पाए । प्रतियोगितामा महिला तर्फ पुजा दर्नाल र पुरुषतर्फ कमल वली उत्कृष्ट खेलाडी चयन भए ।
प्रतियोगिताका उपाधि विजेता टोली तथा खेलाडीलाई प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य नारद मुनी राना, तथा नेपाल गाजुरियो करातते डो संघ युजेनकाइका अध्यक्ष गणेश कार्की र मुख्य प्रशिक्षक रामचन्द्र सुबेदी लगायतले पुरस्कार प्रदान गरे ।

Comment