आईओएफटीसीमा १३ देशका ५ सय खेलाडीले प्रतिस्पर्धा गर्ने


सुनसरीको इटहरी रंगशालाभित्र नवनिर्मित कर्भडहलमा १७ र १८ पुसमा हुने १२ औं संस्करणको अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्प्यिनसिप (आईओएफटीसी) को सम्पूर्ण तयारी पुरा भएको आयोजकले आईओएफटीसीले जनाएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आयोजक कमिटीका संयोजक राष्ट्र राईले प्रतियोगिताको तयारी पुरा भएको बताएका हुन् । सो च्याम्पियनसिपका लागि राष्ट्रिय खेलकुद परिषद्ले ३० लाख सहयोग गरेको समेत उनले जानकारी गराए ।
च्याम्पियनसिपमा हालसम्म १३ वटा देशको सहभागिता निश्चित भइसकेको बताइएको छ । नेपाल, भारत, बंगलादेश, अमेरिका, बेलायत, अस्ट्रेलिया, कम्बोडिया, अस्ट्रेलिया, मोरक्को, इथोपिया, घाना, नाइजेरिया, क्यानडा गरि १३ राष्ट्रका खेलाडीहरु नेपाल आउनेक्रम जारी रहेको आयोजक कमिटीका सचिव दिपेन्द्र दाहालले बताए । स्वदेशी र विदेशी गरि ५ सय खेलाडीको सहभागिता हुने अनुमान गरिएको दाहालले बताए ।
च्याम्पियनसिपमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेत गरि नेपालका ३ सय भन्दा बढि खेलाडीको सहभागिता हुने बताइएको छ ।
‘च्याम्पियनसिपको उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही ५० हजार र उत्कृष्ट महिला तथा पुरुष प्रशिक्षकलाई जनही २५ हजार नगद पुरस्कार समेत प्रदान गरिने छ ।’ राईले बताए ।
च्याम्पियनसिपमा जुनियर १२ बर्षदेखि सिनियरसम्मको तौलसमूहमा प्रतिस्पर्धा गराइने आयोजकले बताएको छ । च्याम्पियसिपमा ओलम्पिकमा प्रयोग हुने अत्याधुनिक खेल सामाग्री प्रयोग गरिने समेत आयोजकले बताएको छ । ‘यसका लागि प्राविधिकसमेत विदेशबाट नै आउँदै छन् ।’ राईले भने । च्याम्पियनसिपले साँस्कृतिक अदान–प्रदान र पर्यटन क्षेत्रको विकासमा टेवा पु¥याउने राइको विश्वास छ ।

Comment