प्रणव र संरक्षक उपाधि भिडन्तमा


प्रणव खनाल र संरक्षकभूषण वज्राचार्य १५ औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१८ ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको सेमिफाइनलमा प्रणवले संरक्षकका भाइ सम्यकलाई ६–२ र ६–२ तथा संरक्षकले निन्वाम राईलाई ६–० र ६–० को सोझो सेटमा पराजित गरे । मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा मायांका राणा फाइनलमा पुगिन् । दोश्रो सेमिफाइनलमा मायांकाले जुम्ल्याहा बहिनी माहिकालाई निर्णायक सेटमा ६–४ ले हराइन् । उक्त सेमिफाइनल बुधबार १–१ को बराबरी स्थितिमा खराब प्रकाशका कारण स्थगित भएको थियो । फाइनलमा मायांकाको भेट प्रेरणा कोइरालासंग हुनेछ ।
यु–१४ ब्वाइज सिंगल्समा आदित सुवेदीले आर्यन गिरीलाई १–६, ७–५ र ६–० तथा निशान श्रेष्ठले सरोज तामाङलाई ७–५ र ६–३ को सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
यु–१८ गल्र्स डबल्समा मायांका र माहिकाको जुम्ल्याहा जोडीले प्रेरणा कोइराला र सुभाङ्गीलक्ष्मी शाहको जोडीलाई ६–१ र ६–३ तथा विजिशा श्रेष्ठ र अभिलाषा विष्टको जोडीले इशाश्री शाह र सर्भानी श्रेष्ठको जोडीलाई ६–१ र ६–१ को सीधा सेटमा पन्छ्याउदै फाइनल यात्रा तय गरे ।
यु–१८ ब्वाइज डबल्समा दाई संरक्षक र भाइ सम्यकको जोडीले सरोज तामाङ र सफल श्रेष्ठको जोडीलाई ६–० र ६–१ तथा प्रणव खनाल र आदित सुवेदीको जोडीले कुवेहाङ चेम्जोङ र निश्चल अधिकारीको जोडीलाई ६–२ र ६–० ले हराउदै फाइनलमा स्थान पक्का गरे ।
यु–९ गल्र्स सिंगल्समा प्रशंसा मोक्तानले अद्या पौडेललाई ०–४, ४–१ र ४–२ तथा सुनिरा थापाले जेनी खड्कालाई ४–० र ४–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाए । सोही स्पर्धाको ब्वाइजमा सक्षमविक्रम शाहले निशाद जोशीलाई ४–१ र ४–० तथा आयुशमान हजुर घलेले राजवीर प्रधानलाई ०–४, ५–४ र ४–२ ले पाखा लगाउदै फाइनलमा पुगे ।
यु–१० ब्वाइज सिंगल्समा प्रणव मानन्धरले सक्षकविक्रम शाहलाई ७–५ र ६–३ तथा आरभसम्राट हाडाले राजवीर प्रधानलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गर्दै उपाधि भिडन्त पक्का गरे ।

Comment