प्रेरणा फाइनलमा

यु–१८ गल्र्स सिंगल्समा माहिका राणा विरुद्ध प्रतिस्पर्धा गर्दै मायांका राणा

प्रेरणा कोइराला १५ औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१८ गल्र्स सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेकी छन् । पहिलो सेमिफाइनलमा प्रेरणाले विजिशा श्रेष्ठलाई ६–२ र ७–६ को सोझो सेटमा पराजित गरिन् । फाइनलमा प्रेरणा कोइरालाको भेट जुम्ल्याहा दिदी–बहिनी मायांका र माहिका राणाबीचको विजेतासंग हुनेछ । मायांका र माहिकाबीचको दोश्रो सेमिफाइनल १–१ सेटको बराबरीमा सकिएको छ । खराब प्रकाशका कारण स्थगित गरिएको छ । सकिएकै अवस्थाबाट बिहीबार उक्त खेल खेलाइनेछ ।
यु–१८ ब्वाइज सिंगल्समा निन्वाम राई र सम्यकभूषण वज्राचार्य सेमिफाइनलमा पुगे । निन्वामले श्रृयश अग्रवाललाई ६–४ र ७–५ तथा सम्यकले आकाश मानन्धरलाई ६–० र ६–० को सीधा सेटमा हराए ।
यु–१४ ब्वाइज सिंगल्समा आदित सुवेदीले कुवेहाङ राईलाई ६–३ र ६–०, आर्यन गिरीले निश्चल अधिकारीलाई ६–३ र ६–१ तथा निशान श्रेष्ठले आदित अग्रवाललाई ६–० र ६–१ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सरोज तामाङ पनि आदित सुवेदीबाट वाक ओभर पाउदै सेमिफाइनलमा पुग्न सफल भए ।
यु–१४ गल्र्स सिंगल्समा अभिलाषा विष्टले रायना शाहलाई ४–६, ६–१ र ६–१ तथा इशाश्री शाहले सर्भानी श्रेष्ठलाई ६–२, ३–६ र ६–३ को सेटमा पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे ।
यु–१० गल्र्स सिंगल्समा इभा अधिकारीले प्रशंसा मोक्तानलाई ६–२ र ६–१ तथा सुनिरा थापाले उत्सा लामालाई ६–३ र ६–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाए । सोही स्पर्धाको ब्वाइजमा आरभसम्राट हाडा, राजवीर प्रधान, सक्षमविक्रम शाह र प्रणव मानन्धरले आ–आफ्नो प्रतिद्वन्द्वीलाई हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

Comment