टेबलटेनिस संघद्वारा शोक व्यक्त

अखिल नेपाल टेबलटेनिस संघले पूर्व राष्ट्रिय टेबलटेनिस खेलाडी गंगा श्रेष्ठको निधनमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवार प्रति समवेदना व्यक्त गरेको छ ।
श्रेष्ठको गत मंसिर २७ गते ठिमीस्थित आफ्नै निवासमा निधन भएको थियो । ७३ वर्षीय स्व. श्रेष्ठ फोक्सोको समस्याबाट ग्रसित थिए ।
स्व. श्रेष्ठ २०२८ सालमा भएको राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा उपविजेता बनेका थिए । उनले सन् १९७१ मा जापानमा भएको विश्व टेबलटेनिस र सोही वर्ष चीनमा भएको एफ्रो एसियन गेम्समा नेपालको प्रतिनिधित्व गरेको टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् ।

Comment