स्नेहा, प्रकृति र अजा क्वाटरफाइनलमा


स्नेहा यादव, प्रकृति श्रेष्ठ र र अजा रेग्मी १५ औं जयकर मेमोरियल राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यु–१४ गल्र्स सिंगल्समा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगितामा स्नेहाले निमिशा ढकाललाई ६–१ र ६–३, प्रकृतिले श्रृष्टि राईलाई ६–४ र ६–३ तथा अजाले आइशा डोल्कर गुरुङलाई ६–४ र ६–४ को सोझो सेटमा पराजित गरे ।
सोही स्पर्धाको ब्वाइजमा कुवेहाङ चेम्जोङले आयुश गुरुङलाई ६–० र ६–०, आर्यन गिरीले सफल श्रेष्ठलाई ६–१ र ६–१, आदित अग्रवालले साक्षत शाहीलाई ६–४, ०–६ र ६–४ तथा सरोज तामाङले प्रणव मानन्धरलाई ६–१, ४–६ र ७–५ को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
यु–९ गल्र्स सिंगल्समा जेनि खड्काले साम्राज्ञी लामालाई ४–० र ४–० को सीधा सेटमा पाखा लगागदै क्वाटरफाइनल यात्रा तय गरिन् । त्यसै स्पर्धाको ब्वाइजमा डार्सिल श्रेष्ठले साश्वत वज्राचार्यलाई ४–० र ४–० तथा बोरिस अधिकारीले हर्सित पन्तलाई ४–० र ४–१ को सेटमा पन्छ्याउदै अन्तिम आठमा पुगे ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको यु–१० गल्र्स सिंगल्समा इभा अधिकारीले नाला जे. मास्केलाई ६–० र ६–० तथा उत्सा लामाले अद्या पौडेललाई ६–२ र ६–४ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे ।
गल्र्स डबल्समा प्रेरणा कोइराला र सुभाङ्गीलक्ष्मी शाहको जोडीले श्रृष्टि राई र अजा रेग्मीको जोडीलाई ६–१ र ६–०, इशाश्री शाह र सर्भानी श्रेष्ठको जोडीले प्रकृति श्रेष्ठ र स्नेहा यादवको जोडीलाई ६–१ र ६–१ तथा विजिशा श्रेष्ठ र अभिलाषा विष्टको जोडीले जुम्ल्याहा दिदी एनी र बहिनी क्याथ्रिन माथेमाको जोडीलाई ६–१ र ७–६ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।
प्रतियोगिताको अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच उद्घाटन गरिन् । शनिबारसम्म चल्ने प्रतियोगितामा ५९ खेलाडी विभिन्न १० स्पर्धामा सहभागी छन् । प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

Comment