जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस सोमबारदेखि

मन जयकर टेनिस एकेडेमीको आयोजनामा १५ औं जयकर मेमोरियल राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिता सोमबारदेखि ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु हुँदैछ । प्रतियोगितामा ब्वाइज÷गल्र्सतर्फ यु–९, यु–१०, यु–१४ र यु–१८ उमेरसमूहको सिंगल्स तथा ब्वाइज÷गल्र्स डबल्स स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ४८ हजार नगद रहेको छ । सबै भन्दा कम यु–९ सिंगल्सका विजेताले ७ हजार ५ सय र उपविजेताले ४ हजार नगद पुरस्कार पाउने छन् । त्यस्तै सबै भन्दा बढी यु–१८ सिंगल्सका विजेताले २५ हजार र उपविजेताले १२ हजार ५ सय नगद पुरस्कार पाउनेछन् ।
छदिने प्रतियोगितामा जम्मा ५९ खेलाडीको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष मनोजशमशेर जबराले जनाएका छन् । त्यसमा ३२ ब्वाइज र २७ गल्र्सले आ–आफ्नो क्षमता प्रदर्शन गर्नेछन् ।

Comment