निमाको सान यथाबत, सिनीयर तहमा काजललाई महत्वपूर्ण सफलता


नेपाल आर्मीकी प्रतिज्ञा भण्डारी र ज्ञानी चुनाराले ८ औं कोरियन एम्बासडर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार स्वर्ण पदक जितेकी छन् । नेपाल तेक्वान्दो संघ र नेपालस्थित दक्षिण कोरियाली दूतावासको संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको महिला ७३ केजीमा प्रतिज्ञा र ज्ञानीले ६२ केजी तौलसमूहमा स्वर्ण जिते । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा भएको ७३ केजीको फाइनलमा प्रतिज्ञाले आर्मीकै मौसम कार्कीलाई पराजित गरिन् । सोही तौलमा एपिएफकी अप्सरा कार्की र सल्लाघारीकी करुणा श्रेष्ठले कांस्य जिते । ६२ केजीको फाइनलमा राष्ट्रिय टिमकी ज्ञानीले ललितपुरकी सिवानी श्रेष्ठलाई हराइन् । सो तौलमा आर्मीकी मन्दिरा कार्की र धादिङकी अनिता घलले कांस्य जिते ।
त्यस्तै महिला ४६ केजी तौलमा पुलिसकी रेजिना कार्कीले एपिएफकी वर्षा थापालाई हराउँदै स्वर्ण जितिन् । सोही समूहमा एपिएफकी संगीता श्रेष्ठ र आर्मीकी कुसमनी चौधरीले कांस्य पदक जितिन् । ४९ केजीमा आर्मीकी काजल श्रेष्ठले एपिएफकी अस्मीता खड्कालाई हराउँदै स्वर्ण जित्न सफल भइन् । जुनियर स्पर्धामा सनसनीपूर्ण प्रदर्शन गर्ने गरेकी कोटेश्वरकी उत्पादन कालजको सिनीयर तहमा यो महत्वपूर्ण उपलब्धी हो । यस अघि उनी ४६ किलो तौल समुहमा प्रतिस्पर्धा गर्ने गरेकी थिइन् । सो तौलमा आर्मीकी कल्पना चौधरी र बीनीका जोशीले तेस्रो स्थान हात पारिन् । ५३ केजीमा पुलिसकी निमा गुरुङले ललितपुरकी दीक्षा कार्कीलाई हराउँदै स्वर्ण जित्दा आर्मीकी मुस्कान र नुवाकोटकी सबीता पुडासैनीले कांस्य जिते ।
महिलातर्पm ५७ केजी तौलमा पुलिसकी सीता तामाङले आर्मीकी नम्रता तुलाधरलाई हराउँदै स्वर्ण जितिन् । सो तौलमा आर्मीकी रेश्मा थापा र एपिएफकी गीता बिस्टले कांस्य पदक जिते । ६७ केजी तौलमा एपिएफकी संगीता बस्यालले एपिएफकै अनुमाया तामाङलाई पराजित गर्दै स्वर्ण जित्न सफल भइन् । उक्त तौलमा आर्मीकी पुजन विष्ट र ललितपुरकी दीपीका नगरकोटीले कांस्य पदक हात पारे । सिनियर पुरुषको ५४ केजी तौलको सेमिफाइनलमा पुलिसका मनोज मल्लले आर्मीका विकास राईलाई तथा एपिएफका चन्द्र रानामगरले मकवानपुरका विवेक माझिलाई हराउँदै स्वर्ण पदकका लागि यात्रा तय गरेका छन् ।
जुनियर पुरुषतर्फ ४२ केजीमा सीतापाइलका विधान श्रेष्ठ र कोटेश्वरका श्रीकृष्ण कार्की, ४५ केजीमा युनाइटेडका पुजन खड्का र कोटेश्वरका दिनेशबहादुर साउद तथा ४८ केजीमा ललितपुरका साहील थापामगर र दीलिप स्मृतीका शिव श्रेष्ठले अन्तिम चारको यात्रा तय गरेका छन् । ५९ केजीमा ब्रेनल्यान्डका सुरज सिन्तान र दीलिप स्मृतिका कपिल थापाले फाइनलमा प्रतिस्पधा गर्नेछन् ।

Comment