युएइमा भलीबल सम्पन्न


गैरआवासीय नेपाली संघ युएईले युएई ब्यापी खुल्ला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ।  शुक्रबारका दिन दुबईस्थित अलकुजको बलदिया खेल मैदानमा आयोजित उक्त प्रतियोगितामा युएईका बिभिन्न क्षेत्रबाट १८ टिमको सहभागिता रहेको थियो । करिब एक महिनादेखि तयारी गर्दै सम्पन्न उक्त प्रतियोगिता भब्य र सभ्य रुपम सम्पन्न भएको जनाइएको छ । कार्यक्रमको उद्घाटन समारोहमा कलाकार दिपक ( दिपिका ) गुरुङले नृत्य गर्नुका साथै युएई मार्सल आर्ट्स एण्ड स्पोर्ट्स क्लबका कराँते खेलाडी तथा उक्त क्लबका प्राबिधिक निर्देशक रबि शाही सहितले कराँतेखेलका काता र खेल कौशल प्रदर्शन प्रश्ुतुत गरे
। विभिन्न संघ संस्था र व्यक्तित्त्वहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको प्रमुख अतिथिमा नेपली राजदुतावास युएईक श्रम काउन्शुलर भेषबहादुर कार्की थिए भने कार्यक्रमको सभापतित्त्व गैरआवासीय नेपाली संघयुएईका अध्यक्ष रमेश श्रेष्ठले गरेका थिए । एनआरएन आइसीसी सदस्य ठाकुरप्रसाद ढुंगाना, मध्यपूर्व उपसंयोजक गोपाल कंडेल, आइसीसी सदस्य मनोज कुमार श्रेष्ठको बिशेष अतिथिका रुपमा उपस्थित उक्त कार्यक्रममा एभरेस्ट युएई मार्सल आर्ट्स एण्ड स्पोर्ट्स कलब साथै नेपाली भलिबल क्लब युएईले प्राबिधिक रुपमा सहयोग गरको थियो । उक्त प्रतियोगितामा पूर्व रास्ट्रिय भलिबल खेलाडी इश्वर घमाल, प्रेम शाही, कुण्डलबहादुर सिंह, श्याम गुरुङ रेफ्रीको भूमिका रहेका थिए ।
१८ टिम सहभागि उक्त प्रतियोगिता बिहान करिब ८ बजे सुरु भएको थियो भने फाइनल खेल रातको करिब १२.२० मा सम्पन्न भएको थियो । उक्त खेल हेर्न मध्यरात सम्मै नेपाली दर्शकहरु उल्लेख्य रुपमा उपस्थित थिए । हिमालय एअरलाइन्स, सन् एण्ड मुन ट्राभल्स, शुभयात्र ट्राभल्स, युएई एक्सचेन्ज, बाबर्ची रेस्टुरेन्ट, आईएमई, माउन्ट एभेरेस्ट पिउने पानि, रिया एक्सचेन्ज, सेन्चुरी रेमिट लगायतको प्रयोजन रहेको थियो । निकै नै रोमान्चक खेलहरु भएको उक्त प्रतियोगितामा सबै टिमहरु अब्बल रहेका थिए । नेपाल स्पोर्ट्स क्लब शारजाहा प्रथम हुदै आफुलाई अब्बल साबित गरेको थियो । जबलअलि स्पोर्ट्स क्लब दोस्रो र सन् एण्ड मुन ट्राभल्स तृतीय भई पुरस्कार हात पार्न सफल भए । उक्त प्रतियोगितामा नेपाल स्पोर्ट्स क्लब शारजाहाका खेलाडी प्रदिप पौडेललाई उत्कृस्ट खेलाडी घोषणा गरियो । उक्त स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई क्रमस ३ हजार ३ सय ३३,दिराम, नगद,कप, मेडल र प्रमाण पत्र, दुतीय २२२२ दिराम नगद, कप, मेडल र १ हजार १ सय १ दिरामका साथमा प्रमाण पत्र, कप, मेडल प्रदान गरिएको थियोे । उक्त प्रतियोगितामा उत्कृस्ट खेलाडीलाई ५०० दिराम नगद र प्रमाणपत्र रहेको थियो। उक्त प्रतियोगिताको संयोजक एनआरएनए युएईका युवा संजाल प्रतिनिधि नबिन पौडेल रहेका थिए ।

Comment