युएइमा पनि सक्रिय यी जुडोकर्मी


नेपालमा रहेका थुप्रै प्रतिभासाली खेल ब्यक्तित्व पछिल्लो समय विदेशमा रमाउदै आएका छन् । युरोप, अमेरिका र मध्यपूर्व हरेक स्थानमा नेपाली खेलकर्मीको उपश्थिती रहेको छ । विदेशमा रहनुका बाबजुद ती कुनै पनि खेलकर्मीलाई खेलमोहले छाडेको छैन । यस क्रममा युएइमा रहेका नेपाली खेलाडीहरु पछिल्लो समय संगठीत रुपमा अघि बढेका छन् । कराते, भलीबल, फुटबल तेक्क्वान्दो लगायत खेलका स्टारहरु नै अहिले युएइमा रहेका छन् ।
विदेशमा रहे पनि ती खेलकर्मीहरुको खेल प्रतिको मोहले छाडेको त छैन नै । साथै आफ्नो तर्फबाट नेपाली विचको भावनातमक साइनो दरिलो बनाउन पनि उनीहरु इच्छुक रहनु स्वभाबिक हो । यसै कारण आफ्नो गतीबीधीलाई ब्यबश्थित गर्न स्थापना भएको एभरेस्ट युएइ मार्सल आर्ट एन्ड स्पोर्ट क्लबको सक्रियता अहिले तीब्र छ । युएइमा रहेका नेपालीलाई भावनात्मक रुपमा एकजुट गराउन पनि यो सस्था सफल भएको छ ।
यसै सस्थाका सल्लाहकार प्रविणकाजी श्रेष्ठ कुनै समय नेपाली जुडोका परिचित नाम थिए । विदेश जानु पूर्व सन् १९९९ देखि सन् २००६ सम्म उनी जुडोमा छाएका थिए । नेपालका च्याम्पियन र प्रतिभासाली खेलाडी भएकै कारण उनले थुप्रै प्रतियोगितामा सहभागिताको अबसर पाए । सन् १९९९ लखनाउमा भएको दक्षिण एसियाली जुडो च्याम्पियनसीपमा उनी टिम तर्फ दोश्रो र ब्यक्तिगत तर्फ तेश्रो भएका थिए । इरानमा भएको एसियाली कुराँस च्याम्पयनसीपमा काश्य पदक पाउन सफल उनी सन् २००५ मा भएको दक्षिण एसियाली जुडो च्याम्पियनसीपमा पनि ८१ किलो तौल समुहमा काश्य पदक पाउन सफल भएका थिए । जुडोका राष्ट्रिय रेफ्रि भइसकेका श्रेष्ठ हाल अबुधाबी पुलिसमा कार्यरत छन् । भुवनकाजी श्रेष्ठ र पुण्यश्वरी श्रेष्ठका छोरा प्रविण आफ्ना सफलतामा टिम सहकर्मी , प्रशिक्षक र अभिभावकको बराबर भुमिका रहेको बताउछन् ।
प्रविणकै बारे उनका प्राय सहकर्मीको धारणा मिल्दो छ, “मिलनसार र टिम भावना भएको ” । यसै भावनाका कारण एभरेस्ट युएइ मार्सल एन्ड स्पोर्ट क्लबका प्राय ब्यक्ति पनि प्रविणको सार्थ हन पाएकोमा खुसी छन् ।

Comment