गौरीटार एकेडेमीले पूर्णता पाउनु पर्छ ः श्रेष्ठ


नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले गौरीटारको एकडेमीको पूर्णता आफ्नो प्राथमिकतामा परेको बताएका छन् । गत साता सम्पन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा विजय भए पश्चात खेलकुदन्युज डटकमसंगको सक्षीप्त कुराकानीमा श्रेष्ठले सो कुरा उल्लेख गरेका हुन् ।
उनले समय परिश्थती अनुसार ऐनलाई परिमार्जीत गर्नु पर्नेमा पनि जोड दिएका छन् । खेल क्षेत्रमा प्रायोजकको उत्साहमा बृद्धी गर्न थप कार्यक्रम ल्याउन पर्नेमा जोड दीदै उनले खेलकुदलाई जिवनयापनको आधार बनाउन सक्ने अबस्था आउनु पर्ने कुरा उल्लेख गरे । उनले आफू निर्वाचप्त भएको काठमाडौं क्षेत्र नम्बर आठमै कभर्डहल निमार्ण हुने पनि बताए । ओलम्पिक कमिटी अध्यक्ष श्रेष्ठले आसन्न एसियाडका लागि सरकारसंग मिलेर काम अघि बढ्ने र प्रशिक्षण सुरु हुने बताए । उनले नेपालमा आयोजना हुने १३ औ दक्षिण एसियाली खेलकुदका लागि तदारुकताका साथ काम अघि बढाइने बताए । ओलम्पिक कमिटीको ध्यान यसैमा केन्द्रित हुने पनि उनले बताए ।
साथै उनले आफू निर्वाचीत भएको काठमाडौं क्षेत्र नम्बर आठमा भुकम्पले अस्तब्यस्त भएको र क्षती पुगेको स्थानमा पुर्ननिमार्णका लागि पहल गर्ने तथा सो क्षेत्रलाई सांस्कृतीक सम्पदा र पर्यटकीय रुपमा ब्यबस्थीत गर्न निती निमार्ण तहमै पहल गर्ने बताए ।

Comment