संरक्षक र प्रणव फाइनलमा

संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल आठौं सामरी स्ल्याम लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै सन्तोष खत्री र प्रदीप खड्का पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्न सफल भए ।
हेटौंडामा जारी प्रतियोगितामा संरक्षकले जितेन्द्र परियारलाई ६–१ र ६–१, प्रणवले श्यामसुन्दर जिसीलाई ६–२ र ६–१, सन्तोषले सुजन गुरुङलाई ६–१ र ६–१ तथा प्रदीपले शक्ति शर्मालाई ७–५, ५–७ र ६–३ को सेटमा पराजित गरे । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा कृष्णराज घलेले सिजर गुरुङलाई ६–१, ५–७ र १०–१ ले हराउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा मनोज राणाले कुमार घिमिरेलाई ६–२ र ६–०, च्याम्बा डण्डुबले राजकुमार गुरुङलाई ६–२ र ६–४, उत्तम लामाले ध्रुव गुरुङलाई ६–१ र ६–२ तथा प्रदीप शाहले राजेन्द्रसिंह भण्डारीलाई ६–० र ६–२ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान बनाए ।
भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा भरत रायमाझीले कुमारमोहन शाहीलाई ६–० र ६–३ को सीधा सेटमा पन्छ्याउदै सेमिफाइनलमा पुगे । सोही स्पर्धाको ३५ वर्षमाथि नविन चालिसेले प्रह्लाद बस्नेतलाई ७–५ र ६–१ तथा गोपी भट्टराईले कृष्णगोविन्द कासुलालाई ६–२ र ६–३ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे ।
फन डबल्सतर्फ संरक्षक र साजन ढुंगाना क्षेत्री, सन्तोष खत्री र भरत रायमाझी, श्रीराम मगर र प्रीति बराल तथा जितेन्द्र परियार र देवबहादुर क्षेत्रीको जोडी आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भए ।

Comment