मलेसियामा नेपाली कराते खेलाडीको सफलता


चौथो अन्तर्रा्ष्ट्रिय क्वालालम्पुर मेयर कराते कप प्रतियोगितामा नेपालका रबिन्द्र मानन्धरले भेट्रानमा स्वर्ण पदक जितेका छन् । चेरासको ब्याडमिन्टन हल क्वालालम्पुरमा आइतबार सम्पन्न प्रतियोगितामा सनिश श्रेष्ठले ८४ किलो तौलसमुहमा रजत पदक र सिनियर एकल कातामा कास्य पदक प्राप्त गरे । त्यसैैगरी, ६७ किलोमा सन्जिब कासिधान्जु श्रेष्ठले कास्य पदक जितेका छन् । ७५ किलोमा सुनित घर्तिमगरले कास्य तथा ६७ किलो तौल समुहमा तुलाराम धामीले कास्य पदक जिते ।साजन श्रेष्ठले भेट्रानमा कास्य पदक जिते ।
प्रतियोगितामा नेपालका तर्फबाट एकेएफ रेफ्री बलराम मित्रका साथै बिशन सिंह खड्का,योगेन्द्र कोइराला, राम कुमार श्रेष्ठ र लक्ष्मी क्षेत्रीले खेल सञ्चालन गरेका थिए । नेपालको तर्फबाट टिम प्रशिक्षकमा रामकृष्ण खड्गी र एसेल्वम बाबू थिए । नेपाली प्रवासी कराते बाट नोर्बु तामाङ प्रशिक्षक थिए । टिम ब्यबस्थापकमा विजय ताम्राकार र अफिसियलमा सानुबाबु थापामगर थिए । प्रतियोगितामा ,मलेशिया,इरान, जापान ,उज्बेकिस्तान,नेपाल ,भारत, बङलादेश, श्रीलंका, इन्डोनेशिया, सिङापुर , फिलिपिन्स,चाइनी ताइपे गरि १२ देशको सहभागीता थियो । प्रतियोगितामा उज्बेकिस्थान पहिलो, दोस्रोमा मलेसिया र तेस्रोमा इरान रहे ।

Comment