सीसीआरसी र जेभियर च्याम्पियन


क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र जेभियर इन्टरनेसनल कलेजले दोश्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । सीसीआरसी ब्वाइज तथा जेभियर गल्र्समा च्याम्पियन बने । बुद्धनगरस्थित आयोजक रोज बडको कोर्टमा भएको ब्वाइजको रोमाञ्चक फाइनलमा सीसीआरसीले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५८–५५ को झीनो अन्तरले पराजित ग¥यो । सीसीआरसीका राजेश खनालले १६ अंक जोडे ।
तेश्रो क्वाटरको समाप्तिसम्म पनि सीसीआरसी ४१–४२ ले पछि थियो । पहिलो क्वाटरमा १४–१६ ले पछाडिको परेको सीसीआरसी दोश्रोमा भने १७–१४ को अग्रता लिन सफल भयो । तेश्रो क्वाटरमा सीसीआरसी फेरि १०–१२ ले पछाडि रह्यो । चौथो तथा अन्तिम क्वाटर सीसीआरसीले १७–१३ ले आफ्नो पक्षमा पार्दै उपाधि सुनिश्चित ग¥यो ।
गल्र्सको फाइनलमा जेभियरले साइपाल एकेडेमीलाई ४१–१९ को फराकिलो अन्तरले हरायो । जेभियरको सहज जितमा सुष्मा गौतमले १० अंक योगदान गरिन् ।
सुरुको क्वाटरमा ७–४ को अग्रता बनाएको जेभियरले अन्तिमसम्म अग्रतालाई जोगाइ राख्यो । जेभियरले बाँकी क्वाटरमा क्रमशः ६–१, ९–३ र १९–११ को प्रदर्शन ग¥यो ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय रोजेश र सुष्मा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई बास्केटबलका प्रमुख प्रशिक्षक दिनेशचन्द्र नकर्मी, रोज बडका चेयरम्यान अन्तु श्रेष्ठ र प्रिन्सिपल दामोदर ढुंगानाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
मंसिर ७ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको रोज बडका इसीए इन्चार्ज राजु श्रेष्ठले जानकारी गराए । गल्र्समा ४ टिमले राउन्ड रोविन लिग पद्धतिमा प्रतिस्पर्धा गरी शीर्ष दुई टिमले पुनः फाइनल खेलेका थिए ।

Comment