ट्रिनिटी र सीसीआरसी क्वाटरफाइनलमा


ट्रिनिटी इन्टरनेसनल कलेज र सीसीआरसी दोश्रो रोज बड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।समूह ‘सी’ को लिग खेलमा ट्रिनिटीले आयोजक रोज बडलाई ५६–३० ले पराजित गरी समूह विजेता बन्यो । ट्रिनिटीको जितमा साहिलविक्रम राणाले १७ अंक योगदान गरे । रोज बड पनि समूह विजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो ।
सीसीआरसीले ज्ञान निकेतनलाई ६५–२१ ले हरायो । सीसीआरसीका रोजेश खनालले १३ अंक जोडे । ब्वाइजमै जेभियर इन्टरनेसनल कलेजले एसमाथि ४८–२३ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित ग¥यो । जेभियरका विश्व गुरुङले १४ स्कोर गरे ।
क्वाटरफाइनल ट्रिनिटी र न्यु समिट, सीसीआरसी र मोर्गन, टाइम्स र रोज बड तथा गोल्डेनगेट र जेभियरबीच हुनेछ ।

Comment