विश्व कुराँसमा भगवती


सिनियर विश्व कुराँस च्याम्पियनसिपमा सहभागिता जनाउन भगवती माझी बिहीबार टर्कीको इस्तान्बुल गएकी छन् । डिसेम्बर १ देखि ४ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा भगवतीले महिला ५२ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् ।
भगवतीसंगै नेपाल कुराँस संघकी उपाध्यक्ष प्रतीक्षा खरेल पनि टर्की गएकी छन् । खरेल प्रतियोगिता दौरान हुने अन्तर्राष्ट्रिय कुराँस महासंघको कोंग्रेसमा सहभागी हुन टर्की प्रस्थान गरेकी हुन् । खरेलले महासंघको सदस्यमा उम्मेदवारी दिने कुराँस संघले जनाएको छ ।
उनीहरुलाई नेपाल कुराँस संघका अध्यक्ष दानबहादुर घिसिङलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलमा बिदाइ गरे ।

Comment