ज्ञान निकेतनलाई दोहोरो उपाधि


ज्ञान निकेतनले दोश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइज र गल्र्स दुवैको उपाधि सोमबार जितेको छ । ब्वाइज फाइनलमा ज्ञान निकेतन ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ५३–३४ ले पराजित ग¥यो । ज्ञान निकेतन ‘ए’ को जितमा कुशल गैरेले २१ अंक योगदान गरे । लाइसियम मोडेलले तेश्रो स्थानमा चित्त बुझायो । गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन ज्ञान निकेतनले लाइसियमलाई २४–१४ ले हराउदै उपाधि रक्षा ग¥यो । ज्ञान निकेतनकी डेजी कार्कीले ११ अंक जोडिन् । कन्स्टिलेसन तेश्रो भयो ।
ब्वाइजमा ज्ञान निकेतन ‘ए’ का कुशल गैरे तथा गल्र्समा ज्ञान निकेतनकै सुस्मिता तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
प्राइम र पुष्प सदन च्याम्पियन ः
प्राइम कलेज र पुष्प सदन १६ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिपमा च्याम्पियन बनेका छन् । प्राइम प्लस टु ब्वाइज तथा पुष्प सदन जुनियर ब्वाइजमा पहिलो भए ।प्लस टु ब्वाइज फाइनलमा प्राइमले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५७–४७ ले पराजित ग¥यो । प्राइमका प्रज्ज्वल महर्जनले २२ स्कोर गरे ।सुरुका दुई क्वाटरमा १२–६ र १५–१० को अग्रता लिएको प्राइम तेश्रोमा १४–१७ ले पछि प¥यो । अन्तिम तथा चौथो क्वाटर प्राइमले १६–१४ ले आफ्नो पक्षमा पा¥यो ।
जुनियर ब्वाइज फाइनलमा पुष्प सदनले नेरिकमाथि ४१–२२ को सहज जित दर्ता ग¥यो । पुष्प सदनका रोजिन महर्जनले उत्कृष्ट प्रदर्शन गर्दै २८ स्कोर गरे । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय प्रज्ज्वल र रोजिन आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई ज्ञान निकेतनका प्रिन्सिपल शेरबहादुर कुँवर, संरक्षीका लीला कुँवर, को–ओर्डिनेटर सञ्जयजित कुँवर र सिनियर एकाउन्टेन मीरा थापा, माफका सचिव राजन आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
ज्ञान निकेतन बास्केटबलको प्लस टु ब्वाइजमा ८ तथा जुनियर ब्वाइजमा १२ टिम सहभागी थिए । माफ बास्केटबलको सिनियर ब्वाइजमा १२ तथा सिनियर गल्र्समा ८ टिमले भाग लिएका थिए । प्रतियोगिताअन्तर्गत ज्ञान निकेतन बास्केटबल ज्ञान निकेतन स्कुल तथा माफ बास्केटबल म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) ले आयोजना गरेको हो । मंसिर २ गतेदेखि एकैसाथ सुरु भएको लिग कम नकआउट प्रतियोगिता शंखमूलस्थित ज्ञान निकेतनको कोर्टमा भएको थियो ।

Comment