जयपुरमा कुबेर र सुरजको सफलता


अल इन्डिया गोजुरियो कराते फेडेरेसनको आयोजनामा सञ्चालीत कराते प्रतियोगितामा नेपालका कुबेर खड्काले ८४ किलो तौल समुहमा स्वर्ण तथा कातामा रजत पदक जितेका छन् । नेपाल युजेनकाइ गोजुरियो कराते संघका महासचिव प्रकाश चन्दको नेतृत्वमा नेपाली टोली जयपुरमा भएको सो प्रतियोगितामा सहभागि भएको हो । यसैगरी, सुरज कुश्मीले ६७ किलो तौल समुहमा स्वर्ण पदक जिते ।
स्वर्ण पदक जित्ने क्रममा कुबेरले फाइनलमा बंगलादेशका खेलाडीलाई हराए भने काताको फाइनलमा नेदरल्यान्डका खेलाडीसंग पराजित भए । कुश्मीले सेमिफाइनलमा भारत तथा फाइनलमा बंगलादेशका खेलाडीलाई हराए । दुइ दिने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र नेदरल्यान्डका खेलाडीको सहभागिता रहेको थियो । नेपाली टोली तेश्रो भएको हो ।

Comment