गोल्डेनगेट र प्राइम उपाधिनजिक


गोल्डेनगेट इन्टरनेसनल कलेज र डिफेन्डिङ च्याम्पियन प्राइम कलेज १६ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिपको प्लस टु ब्वाइजतर्फ आइतबार फाइनलमा प्रवेश गरेका छन् । गोल्डेनगेटले सीसीआरसीलाई ५६–५५ को झीनो अन्तरले पराजित ग¥यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले २२ अंक योगदान गरे । प्रज्ज्वल महर्जनको २० अंक सहयोगमा प्राइमले ग्रिनफिल्डलाई ५०–३२ ले हरायो ।
जुनियर ब्वाइजमा साविक विजेता नेरिक र पुष्प सदनले उपाधि भिडन्त पक्का गरे । नेरिकले एआईएलाई ४३–३१ ले पाखा लगायो । नेरिकका भुवन थापाले १२ अंक जोडे । पुष्प सदनले ग्रिनफिल्डमाथि ३६–३२ को कठिन जित हात पा¥यो । पुष्प सदनका लागि रोजिन महर्जनले २२ अंक जोडे ।

Comment