ज्ञान निकेतन र लाइसियम क्वाटरफाइनलमा

ज्ञान निकेतन ‘बी’ र लाइसियम दोश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ज्ञान निकेतन ‘बी’ ले जगत मन्दिरलाई ३३–१८ ले पराजित ग¥यो । विजयी टिमका लागि विशाल बुढाथोकीले १८ अंक जोडे । लाइसियमले रिभेरालाई १९–१३ ले हरायो । लाइसियमका संकल्प अधिकारीले ७ अंक जोडे ।
सिनियर गल्र्समा जगत मन्दिरले विज किड्सको चुनौती १४–४ ले पन्छायो । विजेताकी रेशा मगरले ६ स्कोर गरिन् ।

Comment