ग्रिनफिल्ड, एआईए र पुष्प सदन क्वाटरफाइनलमा


ग्रिनफिल्ड, एआईए र पुष्प सदन १६ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिपको जुनियर ब्वाइजतर्फ क्वाटरफाइनलमा पुगे । ग्रिनफिल्डले काभ्यालाई १७–१० ले पाखा लगायो । ग्रिनफिल्डको जितमा अल्वर्ट भण्डारीले ६ अंक योगदान दिए । निर्मल बुढाथोकीको ९ अंक सहयोगमा एआईएले इनोभेटिभलाई ३२–१७ ले पराजित ग¥यो । पुष्पसदनले एभरेष्टलाई २१–८ ले पन्छायो । पुष्प सदनका रोजिन महर्जनले ८ अंक बटुले ।
प्लस टु ब्वाइजमा बर्न हार्ट र जेभियर इन्टरनेसनल कलेज विजयी भए । बर्न हार्टले जेभियरलाई ४३–३९ ले पराजित ग¥यो । बर्न हार्टका निकेश पाण्डेले १४ अंक जोडे । रोज बड विरुद्धको खेलमा प्राइम ५५–३४ ले विजयी भयो । प्राइमका लागि पारस योञ्जनले २० स्कोर गरे ।

Comment