साइपालको दोहोरो जित


साइपाल एकेडेमीले प्रथम अल्फा बिटा अन्तरकलेज फुटसल प्रतियोगिताको पहिलो दिन बुधबार दोहोरो जित हात पारेको छ । शैक्षिक क्षेत्रमा कार्य गर्दै आइरहेको अल्फा बिटाद्वारा आयोजित प्रतियोगितामा साइपालले लिभरपुललाई ४–२ तथा कान्जिरोवालाई ४–० गोलले पराजित ग¥यो ।
शंखमूल फुटसलमा भइरहेको प्रतियोगितामा ओलम्पिया, आईडियल र ह्वाइटहाउस कलेजले पनि दोहोरो जित पाए । ओलम्पियाले लिटिल एन्जल्स (एलए) लाई ३–१ तथा नामीलाई ४–० गोलले हरायो । आईडियलले नामीलाई ४–० तथा एलएलाई ५–० गोलअन्तरले पन्छायो । ह्वाइटहाउसले ह्वाइटफिल्डलाई ४–१ तथा इन्साइड भिजनलाई ४–१ गोलले पाखा लगायो ।
अन्य खेलमा कान्जिरोवाले युनि ग्लोबलाई ५–२, इन्साइड भिजनले ब्रिटिस कलेजलाई ३–०, गोल्डेनगेटले युलेन्सलाई ३–१ तथा लिभरपुलले युनि ग्लोबलाई ३–१ ले पराजित गरे ।
प्रतियोगिताको हिसानका अध्यक्ष रमेश सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा सिलवालसहित एन्फा फुटसल कमिटीका अध्यक्ष रमेश रायमाझी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र ह्वाइटहाउसका अध्यक्ष युवराज शर्माले खेलकुदको महत्व बारे प्रकाश पार्ने क्रममा खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताए ।
अल्फा बिटाका अध्यक्ष द्विराज शर्माले आगामी दिनमा फुटबल, क्रिकेट र तेक्वान्दोको प्रतियोगिता पनि आयोजना गर्ने योजना रहेको जानकारी गराए ।
प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार र तेश्रोले ४० हजार नगद पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट र सर्वाधिक गोलकर्ता खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ । १६ टिम सहभागी प्रतियोगिताको फाइनल शुक्रबार हुनेछ ।

Comment