राखेप च्याम्पियनसिप अन्तरगत क्यानोई सुरु


राष्ट्रिय खेलकुद परिषदको तत्वावधानमा हुने राखेप च्याम्पियनसिप अन्तरगतको राष्ट्रिय क्यानोई स्लालोम च्याम्पियनसिप मंगलबारबाट सुरु भएको छ । नेपाल ¥याफ्टिङ्ग एन्ड क्यानोईङ्ग संघको आयोजनामा धादिङ्गको फिस्लिङ्गस्थित त्रिसुली खोलामा आयोजित प्रतियोगिताको प्रमुख अतिथी नेपाल युवा तथा खेलकुद मन्त्रालयका उपसचिव जनार्दन रिजालले खेलाडीलाई खेल सामाग्री प्याडल प्रदान गरेर उद्घाटन गरे ।
नेपाल एसोसियसन अफ ¥याप्mिटङ्ग एजेन्सिको सहयोगमा भएको दुई दिने प्रतियोगितामा ८१ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथी रिजालले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालका लागि पदक हासिल गर्ने खेल हुनुको साथै साहसिक र पर्यटकिय खेल हुनुले पर्यटकलाई भित्राउनुका साथै आर्थिक आर्जन गर्ने खेल भएकोले यस खेलको विकास र विस्तारमा राज्यले चासो दिनु पर्ने र लगानी गर्नु पर्ने बताए ।
एयिशन गेममा समेत समाविष्ट यो खेल नेपालको लागि पदक हासिल गर्ने खेलको रुपमा हेरिएको छ । अन्य देशमा कृतिम बाधा उत्पन्न गरि खेल खेलाउने गरिन्छ । तर नेपालका नदि नाला त्यस माथि पनि त्रिसुली, कास्कीको ह्याम्जास्थित सेती नदि, सिन्धुपाल्चोकको भोटेकोशी यस खेलको लागि अत्यन्तनै राम्रो गन्तब्य मानिन्छ । यस खेलको विकास गर्न सके अन्तराष्ट्रिय प्रतियोगितामा नेपालले पदक हात पार्नुका साथै नेपाललाई यस खेलको प्रशिक्षण केन्द्र बनाउन सहयोग पुग्ने छ । पर्यटकिय तथा साहसिक खेलको रुपमा प्रचलित यो खेलको विकास गर्न सके पर्यटक भित्राउनुका साथै बैदेशिक मुद्रा आर्जन गर्न सघाउ पुग्नेछ ।

Comment