मुवाँथाई प्रो.फाइटर टोली स्वदेश फिर्ता


चाइनामा भएको डब्लुएमएफ प्रोफेसनल मुवाँथाइमा सहभागी नेपाली मुवाँथाई टोली स्वदेश फर्केका छन् । राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतीको प्रशिक्षणमा नेपालले पहिलोपटक मुवाँथाइको प्रोफेसनल फाइटमा सहभागिता जनाएको थियो । यसअघि प्रो. फाइटमा नेपाल च्याम्पियन रुपकले नेपालीले चाइना ओपन प्रो मुवाँथाइमा उत्कृष्ट प्रदर्शन गरेपनि पदकविहिन रहे । उनी स्पेनका प्रो फाइटर मोसँग पराजित भएका थिए ।
कुल ५ राउन्डको खेलमा रुपकले पहिलो ३ राउन्डमा स्पेनका मोमाथि लगातार दवाब बनाएका थिए । तर, अन्तिम २ राउन्डमा आफ्नो स्टामिना जोगाउन नसक्दा रुपक खेल सुम्पिन बाध्य भए । मो ५३ प्रो. फाइट खेलिसकेका अनुभवी खेलाडी हुन भने रुपकको अन्तर्राष्ट्रिय प्रो मुवाँथाइमा पहिलो पदार्पण थियो । चाइनाको संघाइमा गत १९ तारिखमा भएको प्रोफेसनल फाइटमा विश्वका कुल ८ राष्ट्रका उत्कृष्ट ८ प्रोफेसनल फाइटरको सहभागिता रहेको थियो ।
उक्त प्रो. फाइटको टाइटल चाइनका सी पि झिइले फ्रान्सका प्रतिद्वन्द्विलाई नकआउट गर्दै उचालेका थिए । प्रशिक्षक एवम् नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले उत्कृष्ट प्रदर्शन गरेपनि पदकविहिन भएको बताए । उनले भने ‘प्रोफेसनल फाइटमा पहिलोपटक सहभागिता जनाएका हौँ । यसपटक हामी स्टामिना बचाउनमा चुक्यौँ । अर्को पटक त्यसलाई ध्यानमा राखेर पदक जित्ने प्रयार गर्नेछौं ।’

Comment