गोपी र होम एसियाली म्याराथनमा


नेपालबाट दुई म्याराथन धावकले चीनको डोङग्वानमा हुने एसियाली म्याराथन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । गोपीचन्द्र पार्की र होमलाल श्रेष्ठल नोभेम्बर २६ तारिखमा हुने म्याराथनमा दौड्न लागेका हुन् । त्यसका लागि नेपाल एथलेटिक्स संघका सदस्य दिलबहादुर बम पनि अफिसियलको भूमिकामा खेलाडीसहित बिहीबार मलेसिया एयरलाइन्सबाट चीन उड्दै छन् ।
गत सेप्टेम्बरमा राजधानीमा सम्पन्न काठमाडौं म्याराथनको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको एथलेटिक्स संघका सचिव आरके विष्टले जानकारी गराए । २ घण्टा २३ मिनेट ०१ सेकेन्ड गोपी तथा २ घण्टा २२ मिनेट २६ सेकेन्ड होमको उत्कृष्ट टाइमिङ हो ।
टोलीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मंगलबार बिदाइ गरे ।

Comment