रोज बड बास्केटबल बिहीबारदेखि

रोज बड स्कुलको आयोजनामा दोश्रो रोजबड उपत्यकाव्यापी अन्तरकलेज बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा ब्वाइजतर्फ १६ र गल्र्समा ६ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । बुद्धनगरस्थित आयोजककै हातामा हुने प्रतियोगितामा सहभागी ब्वाइज टिमलाई ४ तथा गल्र्सलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । फाइनल मंसिर १७ गते हुनेछ ।

Comment