ज्ञानबहादुरलाई स्वर्ण


नेपालका ज्ञानबहादुर तामाङले प्रथम इसिन्कान क्योकुसिन कराते कप काता च्याम्पियनसिपको पुरुष खुला एकल कातामा स्वर्ण जितेका छन् । इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपालका ब्रान्च चिफ प्रेमबहादुर तामाङका अनुसार ज्ञानले फाइनलमा भारतका विवेक सोलाई पराजित गरी स्वर्ण जिते ।
नोभेम्बर १८ तारिखमा भएको प्रतियोगितामा नेपालबाट ज्ञानसहित ३ पुरुष खेलाडी सहभागी थिए । बाँकीले कांस्य पदकमा चित्त बुझाए । खुला कातामै डिककुमार प्रधान तथा मिक्स कातामा एलेन्स पौडेलले कांस्य जिते ।
एकदिने प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान र अफ्गानिस्तानका खेलाडीले सहभागिता जनाएको ब्रान्च चिफ तामाङले जानकारी गराए ।

Comment