युएइमा नेपालीका माझ भलीबल र फुटबल हुदै


गैरआवासीय नेपाली संघ युएईले बार्षिक रुपमा तयार पारेको कार्यपत्र अनुसार २०१७ डिसेम्बर महिना खेलकुद महिनाका रुपमा मनाइने भएको छ । जसन्तर्गत १५ डिसेम्बर १५ का दिन एनआरएनए युएई अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिता साथै २९ डिसेम्बर २०१७ का दिन अन्तर नेपाली संघ संस्था मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजाना हुने भएको छ । कार्यक्रमकोे मुख्य उद्धेश्ये बिदेसिनु बाध्य प्रदेशमा रहेका नेपालीको खेल प्रतिको मोहलाइ निरन्तरता दिन र प्रोत्शाहन र सम्मान गर्दै खेलको प्रबद्र्धन गर्ने रहेको छ । यसखालका खेलकुद आयोजनाले धेरै नेपालिहरुको विचमा आपसी भात्रित्वको बिकास हुनका साथै गैरआवासीय नेपाली संघ युएई र खेलकर्मी विचको सम्बन्ध बिस्तार पनि हुने अपेक्षा गरिएको छ ।
१५ डिसेम्बरको बिहान १० बजे मुन्सी पाल्टी खेल मैदान अलकुजमा सुरु हुने प्रतियोगिताको विजयी टोलीले ३३३३ दिराम, उपविजयी २२२२ दिराम र तेश्रो हुनेले ११११ दिराम पाउने छन् । टिम दर्ता शुल्क ३०० दिराम रहेको छ । साथै बिभिन्न विधामा उत्कृस्ट खेलाडीलाई पनि पुरस्कारको ब्यबस्था रहेको छ ।
अन्तर नेपाली संघ संस्था मैत्रीपूर्ण फुटबल प्रतियोगिताका विवरण पछि प्रकासुत गरिने भएको छ । भलिबल तथा फुटबल प्रतियोगिताको निमित्त एभरेस्ट युएई मार्सल आर्ट्स एण्ड स्पोर्ट्स कलब साथै नेपाली भलिबल क्लब युएईको प्राबिधिक सहयोग रहेको छ ।

Comment