सफ्ट टेनिस टोली इन्डोनेसियातर्फ

रोड टु १८ औं एसियाली खेलकुद तथा तेश्रो इन्डोनेसिया ओपन सफ्ट टेनिस च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ८ सदस्यीय नेपाली टोली शनिबार इन्डोनेसियाको पालेम्बाङ प्रस्थान गरेका छन् । पुरुषमा युकेश योञ्जन, आशिष बोहरा र रनिश तामाङ तथा महिलामा जर्जिया चौधरीले नोभेम्बर १९ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
टोली प्रमुखमा अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघका महासचिव एवं दक्षिण एसियाली सफ्ट टेनिस महासंघका अध्यक्ष समेत रहेका नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाह, प्रशिक्षकमा दुष्यन्त थापा तथा अफिसियलमा अरुणबहादुर शाही र अन्तर्राष्ट्रिय अम्पायर मुकेश श्रीवास्तव रहेका छन् । टोलीलाई सफ्ट टेनिस संघका पदाधिकारीले शनिबारै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरे ।

Comment