ज्ञाननिकेतनको विजयी सुरुआत


आयोजक ज्ञान निकेतनले १६ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिपको जुनियर ब्वाइजमा शनिबार विजयी सुरुआत गरेको छ । ज्ञान निकेतनले काभ्यालाई ३२–१२ ले पराजित ग¥यो । ज्ञान निकेतनको जितमा राहुल शर्माले १८ अंक योगदान गरे ।
जुनियर ब्वाइजमै नव ज्योति, एभरेष्ट र इनोभेटिभले पनि जितका साथ यात्रा प्रारम्भ गरे । रमेश पाण्डेको १२ अंक सहयोगमा नव ज्योतिले हिमालयन एकेडेमीलाई २६–२२ ले हरायो ।
एभरेष्टले थ्री स्टारलाई १८–१० ले पन्छायो । एभरेष्टका एजोन कोजनले ८ अंक जोडे । इनोभेटिभले डेनेबमाथि १६–८ को जित दर्ता ग¥यो । इनोभेटिभका अर्विन्द्र शाहीले ७ स्कोर गरे । उता दोश्रो माफ अन्तरविद्यालय बास्केटबलको सिनियर ब्वाइजमा ज्ञान निकेतनले दोहोरो सफलता आत्मासात् ग¥यो । ज्ञान निकेतन ‘ए’ ले न्यु अरुणोदयलाई ४५–२३ तथा ज्ञान निकेतन ‘बी’ ले ग्लोबललाई ३१–१६ ले पन्छाए । जितमा ज्ञान निकेतन ‘ए’ का सम्राट भूमिले १९ तथा ‘बी’ का विशाल बुढाथोकीले १४ स्कोर गरे ।
माफअन्तर्गत नै सिनियर ब्वाइजको अन्य खेलमा बेबिलनले विज किड्सलाई ३०–१८ तथा कन्स्टिलेसनले रिभेरालाई २३–१५ ले पराजित गरे । बेबिलनका प्रयुश खत्रीले ८ तथा कन्स्टिलेसनका आर्या गुरुङले ९ अंक जोडे ।
प्रतियोगिताको ज्ञान निकेतनका संरक्षक शेरबहादुर कुँवर र संरक्षक लीला कुँवर तथा माफका अध्यक्ष राजु राईले निर्णायकलाई बल हस्तान्तरण गरी संयुक्त उद्घाटन गरे । शंखमूलस्थित ज्ञान निकेतनको कोर्टमा संगसंगै भइरहेको दुवै प्रतियोगितामा मिलाएर विभिन्न ४ विधामा जम्मा ४० टिम सहभागी छन् ।

Comment