क्योकुसिन कराते खेलाडी छनोट


नेपाल क्योकुसिन कराते डो संघ (वज्र) ले इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते (वज्र) च्याम्पियनसिपका लागि शनिबार खेलाडी छनोट गरेको छ । भारतको कोलकातामा डिसेम्बर २१ देखि २४ तारिखसम्म हुने च्याम्पियनसिपका लागि ७ पुरुष र ३ महिला गरी १० खेलाडी छनोट भए ।
पुरुषको ४५ केजीमा नवलपरासीका रुमबहादुर घले मगर, ५० केजीमा एपीएफका सञ्जय राई, ५५ केजीमा बालकुमारी डोजोका विकेश महर्जन, ६० केजीमा केन्द्रीय डोजोका महेश भुजेल, ६५ केजीमा नवलपरासीका गोपीराम स्याङ्तान, ७० केजीमा भैरहवाका मनोहर मगर र खुला तौलसमूहमा भैरहवाकै नितिश जानन्घर छनोट भए ।
महिलाको ४५ केजीमा रुपन्देहीकी लक्ष्मी मल्ल, ५० केजीमा नवलपरासीकी झलकुमारी महतो र ५५ केजीमा बालकुमारी डोजोकी सीता राई छानिए ।
बालकुमारीस्थित रिमिक्स क्लबमा भएको एकदिने छनोटको पुरुषमा ४२ र महिलामा १८ खेलाडीले प्रतिस्पर्धा गरेको नेपाल क्योकुसिन कराते डो संघ (वज्र) का उपाध्यक्ष पुष्पमान मानन्धरले जनाएका छन् ।

Comment