ज्ञाननिकेतन र माफ बास्केटबल शनीबारदेखि


ज्ञान निकेतन स्कुलको आयोजनामा १६ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिप शनिबारदेखि सुरु हुँदैछ । साताव्यापी प्रतियोगिताको प्लस टु ब्वाइजतर्फ ८ तथा जुनियर ब्वाइजमा १२ टिमको सहभागिता रहने ज्ञान निकेतनका प्रिन्सिपल शेरबहादुर कुँवरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्लस टु ब्वाइजलाई २ तथा जुनियर ब्वाइजलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
सोही प्रतियोगिताका दौरान म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा दोश्रो माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता पनि शनिबारैदेखि हुनेछ ।
माफ बास्केटबलमा सिनियर ब्वाइज र गल्र्समा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सञ्जयजित कुँवरले जानकारी दिए । ब्वाइजमा १२ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् ।
दुवै प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने ज्ञान निकेतनकी सिनियर एकाउन्टेन मीरा थापाले बताइन् । दुवै प्रतियोगिताका खेलहरु शंखमूलस्थित ज्ञान निकेतनको कोर्टमा हुनेछ ।

Comment