प्रणव दुई खेलमा विजयी


नेपाली आर्मी क्लबका प्रणव खनालले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार दुई खेलमा जित हात पारेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा प्रणवले पश्चिमाञ्चलका प्रदीप खड्कालाई ६–३ र ६–० तथा मध्यमाञ्चलका राजेश क्षेत्रीलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे ।
पुरुष सिंगल्सको अन्य खेलमा एपीएफका श्रीराम मगरले नेपाल प्रहरी क्लबका कमलबहादुर भण्डारीलाई ६–३ र ७–५, प्रहरीका कमलले मध्यमाञ्चलका निशान श्रेष्ठलाई ६–१ र ६–०, एपीएफका श्रीरामले आर्मीका अभिनव आचार्यलाई ६–२ र ६–२, आर्मीका संरक्षकभूषण वज्राचार्यले सुदूरपश्चिमाञ्चलका गौरवप्रताप शाहीलाई ६–० र ६–२, पश्चिमाञ्चलका अभिषेक बाँस्तोलाले प्रहरीका महेश श्रेष्ठलाई ६–० र ६–०, प्रहरीका दावा शेर्पाले एपीएफका आत्माराम कार्कीलाई ६–३ र ६–३, एपीएफका सन्तोष खत्रीले आर्मीका सम्यकभूषण वज्राचार्यलाई ६–१ र ६–१, मध्यमाञ्चलका शिवराम मगरले मध्यमाञ्चलकै गौरीशंकर श्रेष्ठलाई ६–३ र ६–१ तथा पश्चिमाञ्चलका प्रदीप खड्काले मध्यमाञ्चलका गौरीलाई ६–१ र ६–३ को सेटमा हराए ।
महिला सिंगल्समा पश्चिमाञ्चलकी गंगा शर्माले मध्यमाञ्चलकी स्नेहा यादवलाई ६–२ र ६–२, प्रहरीकी मायांका राणाले एपीएफकी विजिशा श्रेष्ठलाई ६–३ र ६–३, एपीएफकी भगवती विकले एपीएफकी इन्द्रकला श्रेष्ठलाई ६–० र ६–१, प्रहरीकी माहिका राणाले आर्मीकी अभिलाषा विष्टलाई ६–३ र ६–०, प्रहरीकी मायांकाले मध्यमाञ्चलकी स्नेहालाई ६–० र ६–०, पश्चिमाञ्चलकी गंगाले एपीएफकी एनी माथेमालाई ४–६, ७–५ र ६–१, प्रहरीकी माहिका राणाले एपीएफकी भगवतीलाई ६–१ र ६–२ तथा आर्मीकी इरा रावतले एपीएफकी इन्द्रकलालाई ६–० र ६–० को सेटमा पन्छाए ।

Comment