एभीएम र प्रभातलाई स्वर्ण

एभीएम र प्रभातले प्रथम सौर्य कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टमा बिहीबार स्वर्ण जितेका छन् । एभीएम ब्वाइज तथा प्रभात गल्र्समा पहिलो भए । एभीएमले प्रोक्सिमालाई ३–१ तथा प्रभातले विजेश्वरीलाई ३–२ ले पराजित गरे । ब्वाइज सिंगल्सको यु–१० मा मातृभूमिका उत्कर्ष निरौलाले न्यु समिटका असंज्ञ रिमाललाई ३–०, यु–१२ मा पुष्पसदनका सिद्धार्थ तामाङले एभीएमका रुविन महर्जनलाई ३–२, यु–१४ मा एभीएमका विशाल गोलेले पुष्पसदनका आभाष चौलागाईंलाई ३–२ तथा यु–१६ मा एभीएमका सम्योग कपालीले माउन्ट भ्यालीका रोशन काइतुलाई ३–१ ले फाइनलमा हराउदै स्वर्ण जिते । विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Comment