कार्कीको अध्यक्षतामा खेलकुद संघ गठन, धनगढीमा बृहद प्रतियोगिता हुने


नेपाली करातेमा लामो समय देखि सक्रिय तथा नेपालमा गोजुरियो करातेको विकासमा महत्वपूर्ण योगदान गर्ने ब्यक्तिहरुको उपश्थितीमा नेपाल गोजुरियो कराते डो युजेनकाइ संघ गठन भएको छ । गणेश कार्कीको अध्यक्षतामा गठिन यो संघको उपाध्यक्षमा रामचन्द्र सुबेदी,बालकृष्ण असरपती र ऋषिकेश जंग शाह उपाध्यक्ष रहेका छन् । संघको महासचिवमा प्रकास कुमार चन्द, सचिवमा फूर्वा सिंह तामाङ तथा कोशाध्यक्षमा नरेन्द्र वली छन् । यसैगरी, प्रकास राइ, तिलक बहादुर योगी, मोतीराम गैह्े, पासांग तामाङ,दलबहादुर विष्ट,मिठु कुमारी विक,पशुपती चौधरी, रमेस कुमार डागीँ, निर्मला शाही, कुबेर खड्का , कृष्ण तुरुवा, दावा लामा, उमाशंकर घिमिरे र धन शाही सदस्य रहेका छन् । राष्ट्रिय खेलकुद परिषद्को दुइ जना प्रतिनिधी भने रहन बाकीँ रहेको छ ।
संघको पहिलो बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरिक्षक जय बहादुर चन्द,जल विद्युत ब्यबसायी बटु लामीछाने, र नेपाल यातायाता महासंघका अध्यक्ष डोल नाथा खनाललाई मनोनयन गरेको छ । यसै विच, संघको तत्वाबधान तथा सुदुर पश्चिमाञ्चल गोजुरियो कराते युजेनकाइ संघको आयोजनामा पुषको १२ देखि १४ सम्म आठौ अन्तराष्ट्रिय कराते प्रतियोगिता हुन गइरहेको पनि अवगत गराउछौ । प्रतियोगितामा नेपाल, भारत, भुटान ,बंगलादेश, श्रीलंका र पाकिस्तानका गरी ७५० जना खेलाडीहरुको सहभागिता रहने छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा सो प्रतियोगिताको लागत २३ लाख ५० हजार रुपैया रहेको जानकारी गराइयो । पत्रकार सम्मेलनमा संघका अधीकारी सहित सल्लाहकार चन्दको पनि उपश्थिती थियो ।

Comment