प्रहरी र सेनालाई स्वर्ण

नेपाल प्रहरी र नेपाली सेनाले राखेप च्याम्पियनसिपअन्तर्गत १४ औं राष्ट्रिय लनटेनिस प्रतियोगिताको टिम स्पर्धामा बुधबार स्वर्ण जितेका छन् । प्रहरी महिला तथा सेना पुरुषमा पहिलो भए । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको महिला फाइनलमा प्रहरीले सेनालाई ३–० ले पराजित ग¥यो । पुरुष फाइनलमा भने सेनाले प्रहरीलाई २–१ ले हरायो । प्रतियोगिताअन्तर्गत अब पाँच स्वर्णको छिनोफानो हुन बाँकी छ ।

Comment