सौर्य कप जारी

 प्रभातकी अन्जु सुवालले प्रथम सौर्य कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा बुधबार स्वर्ण जितेकी छन् । सौर्य इन्टरनेसनल स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा अन्जुले आरुणीकी दिपटिका लामिछानेलाई ३–० को सोझो सेटमा पराजित गरिन् । त्यस्तै गल्र्स सिंगल्सको यु–१० मा युलेन्सकी सुभश्री श्रेष्ठले एम्सकी कृतिका काफ्ले, यु–१२ मा विजेश्वरीकी सुस्मिता खड्काले श्री ज्ञान मन्दिरकी तृषा महर्जन तथा र यु–१४ मा विजेश्वरीकी मारिया थापा मगरले प्रभातकी मनीषा सुवाललाई समान ३–१ को नजितमा फाइनलमा हराउदै स्वर्ण जिते ।

Comment