स्वप्नबाटिकालाई राष्ट्रिय नेटबल उपाधी

स्वप्नबाटिका नेटबल क्लब प्रथम राष्ट्रिय नेटबल क्लब प्रतियोगितामा विजय हात पार्न सफल भएको छ । पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलमा भएको प्रतियोगिताको फाईनलमा स्वप्नबाटिकाले जनसेवा नेटबल क्लबलाई २२ – १८ स्कोरले पराजित गर्दै उपाधी हात पारेको हो । उपाधीका साथै स्वप्नबाटिकाले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । श्रो भएको जनसेवा नेटबल क्लबले नगद ७ हजार ५ सय, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
नेपाल नेटबल संघको आयोजनामा भएको दुई दिने प्रतियोगितामा स्वप्नबाटिकाकी विनिता खड्का उत्कृष्ट खेलाडी र कुण्डलिनी नेटबल क्लबकी सुजिता गोपाली उत्कृष्ट रक्षक घोषित भए । उनीहरुले नगद २ हजार ५ सय प्राप्त गरे ।
विजयी खेलाडी तथा टोलीलाई प्रमुख अतिथी नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बड लगायतले पुरस्कार वितरण गरेका थिए ।

Comment