योङमुदो टोलीको स्वागत


दक्षिण कोरियाको जिन्झोन शहरमा भएको जिन्झोन प्रथम वल्र्ड युथ मार्शल आर्टस् मास्टरशिप मा दोश्रो भएको नेपाली याङमुदो खेलाडीलाई मंगलबार स्वागत गरिएको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत प्रशासन विभागका प्रमुख बासुदेव आचार्य, खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापालगायतले एक कार्यक्रमबीच स्वागत गर्नुका साथै सफलताका लागि बधाइ दिए ।
विभिन्न १० राष्ट्र सहभागी प्रतियोगितामा ३ स्वर्ण, ६ रजत र १० कांस्यसाथ नेपाल दोश्रो भएको थिायो । नेपालका लागि सशिन मोक्तान तामाङ, अस्मिता खड्का र दिपेन्द्र बोगटीले स्वर्ण जिते । सुजन राना, दीपक राई, अनुपम चन्द, युवन वज्राचार्य, कृतिका चौलागाईं र सर्मिला तामाङले रजत हात पारे ।
प्रदीप तामाङ, विश्वराज महर्जन, आयुषा लामिछाने, अधिस्थानराज काफ्ले, दिपेन्द्र खत्री केसी, योञ्जन प्रधान, मोनिषा लामा, सुप्रिया बुढाथोकी, वाङसु तामाङ र अधर शेरचनले कांस्य प्राप्त गरे । नेपालबाट ४१ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।योङमुदो अध्यक्ष मोहन कार्की र उपाध्यक्ष जर्नादन ढुंगेलको नेतृत्वमा टोली त्यस तर्फ प्रस्थान गरेको थियो । सोही अबसरमा इन्टरनेसनल याङमुदो संघले नेपालका लोकेन्द्र आचार्यलाई अन्तराष्ट्रिय रेफ्रिको अवार्ड प्रदान गरेको हो ।

Comment