नेपाली युथ टोली एसियाकपको फाइनलमा

एसीसी अन्डर १९ एसिया कपमा नेपाली टोली सेमिफानल प्रबेश गर्न सफल भएको छ । साविक विजेता भारत भने समूह चरणबाटै बाहिरिएको छ । भारत र बंगलादेशबीचको खेलमा भारत पराजित भएपछि नेपाल समुह एमा उपविजेता बन्दै दोस्रो चरणमा प्रबेश गर्न सफल भएको हो । समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको हो । नेपालका दोस्रो चरणको संभावना भारत र बंगलादेशबीचको खेलमा निर्भर थियो। समूह ए बाट बंगलादेश समूह विजेताको रुपमा दोस्रो चरण पुगेको छ । यस प्रतियोगिताका यस अघिका तीनवटै सस्करणमा नेपालसमूह चरण पार गर्न असमर्थ रहेको थियो ।

Comment