बुढानीलकण्ठमा अत्याधुनीक टेनिस कोर्ट


काठमाडौस्थित बुढानीलकण्ठ नगरपालीकाको सुन्दर बस्ती भंगालमा नोर्लीन स्पोर्ट्स भिल्ला सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री कमल थापाले कार्टको उद्घाटन गरे । उद्घाटन समारोहमा थापाले नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणासंग मैत्रीपूर्ण खेल खेले । कार्यक्रममा प्रतिनिधी सभा सदस्य उम्मेदवार गगन थापा र डा. राजन भट्टराइ पनि उपश्थित थिए ।
१ करो २५ लाख रुपैयाको लागतमा निर्मित भिल्लामा तीन वटा कोट, अत्याधुनीक लाइट , चेन्जींग रुम लगायत सबै आबस्यक पूर्वाधार रहेका छन् । प्याराफीट सहितको कोर्ट भएको ठाउँमा पार्कीङको समेत ब्यबस्था छ । भिल्लाका निर्देशक किशोर थापाले खेलाडीको माग अनुसार थप सुबीधा बढाउदै लैजाने बताए । उद्घाटनकै अबसरमा टेनिस प्रशिक्षक राम बहादुर तामाङलाई १० हजार रुपैया सहित सम्मान गरियो ।

Comment