ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठ जितप्रति बिश्वस्त


गत स्थानीय निर्वाचनको परिणामलाई आधार मान्दा आसन्न प्रतिनिधीसभामा नेपाली खेल क्षेत्रको महत्वपूर्ण उपश्थिती हुने सम्भावना देखिएको छ । २०७० सालको  निर्वाचनमा फराकिलो मत अन्तरले पराजित नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठका लागि यस पटक जातीय सन्तुलन अनुकल बनेको तथा बामपन्थी गठबन्धन महत्वपूर्ण हुन सक्ने धारणा धेरै विज्ञहरुले राख्ने गरेका छन् । उनी एमालेको तर्फबाट प्रतिनिधी सभा सदस्य उम्मेदवार बनेको काठमाडौ आठ नम्बर क्षेत्रमा ७० प्रतिसत भन्दा बढी नेपाल भाषी मतदाता रहेका छन् ।
स्वयम्भुलाई हरिटेज वाकको केन्द्रको रुपमा परिचित गराउने सोच भएका श्रेष्ठ नयाँ सोच भएका श्रेष्ठले जातीय र भाषिक संरक्षण पनि मुद्धा बनाएका छन । हाल काठमाडौ महानगरपालीकामा मातृ भाषालाई सरकारी भाषाको रुपमा प्रयोग गर्न पाउने सोचले मुर्त रुप पाएको बताउदै श्रेष्ठले भाषिक सरक्षण महत्वपूर्ण भएको बताएका छन् । साथमा प्रदेश तर्फ युवा पुस्ताका राजेश शाक्य तथा भावी मुख्यमन्त्रीको रुपमा चर्चामा रहेकी नेपालको बामपन्थी आन्दोलनको अग्रणी महिला अष्टलक्ष्मी शाक्य प्रदेशको उम्मेदवार भए पछ यस क्षेत्रमा बामगठबन्धन अझै बलीयो भएको दावी गरिएको छ ।
यस क्षेत्रमा रहेका काठमाडौं महानगरपालीकाका १३,१५,२३र २४ का साथै नागार्जुन नगरपालीकाको वडा नम्बर ४ मा श्रेष्ठको पार्टी एमालले जित हात पारेको थियो । महानगरपालीकाको वडा नम्बर १९ र २० मा नेपाली कांग्रेस तथा नागार्जुनको ५ मा राप्रपाले जित हात पारेका थिए ।
२०६४ को पहिलो संबीधान सभा निर्वाचन देखि नेकपा एमालले खेलकुदलाई दिएको उच्च प्राथमिकतामा दुइ कार्यकाल नेपाल ओलम्पिक कमिटीका महासचिव भएर अध्यक्ष भएका जिवनरामको भुमिका महत्वपूर्ण मानीन्छ । यस पछि नै नेपालका राजनितीक दलका विच खेलकुद मन्त्रालयमा पनि चासो बढेको हो ।

Comment