करणलाई स्वर्ण

चौथो राष्ट्रिय हर्स सो प्रतियोगिताको पुरुष हर्स सो जम्पमा बिहीबार पहिलो भएका छन् । लालबहादुर कुँवर दोश्रो तथा राम दाहाल तेश्रो भए । नेपाल इक्वेस्ट्रियन (घोडचढी) संघद्वारा आयोजित प्रतियोगिताको पुरुष टेन्ट पेगिङमा पर्शुराम बुढा मगर पहिलो, राजेन्द्र थापा दोश्रो र खतबहादुर कार्की तेश्रो भए ।टुंडिखेलमा भएको प्रतियोगिताको पुरुष हाइ जम्प विधामा रामचन्द्र कट्वालले स्वर्ण तथा रामहरि खड्काले रजत जिते । यो विधामा भने करणले कांस्यमा चित्त बुझाउनु प¥यो । करण बाहेक सबै पदक विजेता आर्मीका हुन् । तीनै विधामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार जिते ।प्रतियोगिताका दौरान महिला खेलाडीले सिक्स बार जम्म विधामा प्रदर्शनी खेल पनि प्रस्तुत गरेका थिए । आर्मीका हरिकुमारी गुरुङ, यामकुमारी राणा, सारदा केएम र कविता थापाले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । उनीहरुलाई प्रोत्साहन स्वरुप जनही ४ हजार रुपैयाँ प्रदान गरियो ।विजेतालाई सेना प्रमुख राजेन्द्र क्षेत्रीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ९ पुरुष खेलाडीले प्रतिस्पर्धा गरेको इक्वेस्ट्रियन संघका महासचिव बलराम श्रेष्ठले जनाएका छन् । प्रमुख जज मेजर विक्रम थापा, जज क्याप्टेन उमेश पुरी र मोहम्मद फाजिल र सहायक जुरी सन्तोष बुढाथोकीले प्रतियोगिता सञ्चालन गरेका थिए ।

Comment