पदक विजेता सम्मानित

लायन्स क्लब अफ बर्कले, डिस्ट्रिक्ट ४सी– ३, क्यालिफोर्निया, युएसएले अन्तर्राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । गत अक्टोबरमा मंगोलियाको उलन्बटारमा भएको नवौं विश्व शारीरिक सुगठनको पुरुष ६० केजीका कांस्य विजेता रुजेश शाही र महिला एथलेटिक फिजिक्सकी रजत विजेता ननिता महर्जन तथा भारतको नयाँ दिल्लीमा भएको विश्व पावर लिफ्टिङ च्याम्पियनसिपको पुरुष ९० केजीका स्वर्ण विजेता बुद्धिजंङ कार्की प्रशंसा पत्रबाट सम्मानित भए ।

Comment