गोजुकाइमा अशुराजको निरन्तरता

नेपाल गोजुकाइ कराते डो संघको साधारणसभाले अशुराज श्रेष्ठलाई अध्यक्षतामा निरन्तरता दिदै २१ सदस्यीय केन्द्रीय कार्यसमिति सोमबार निर्विरोध चयन गरेको छ । साधारणसभाले केदारबाबु सिवाकोटीलाई वरिष्ठ उपाध्यक्ष, अशोककुमार पाण्डे, जनार्दन उप्रेती, अनुपकुमार श्रेष्ठ र जंगबहादुर हमाललाई उपाध्यक्ष, इन्द्रबहादुर शाही खड्गेलाई महासचिव, विमलप्रसाद थपलियालाई सचिव तथा श्यामकृष्ण बाटालाई कोषाध्यक्षको जिम्मेवारी सुम्पिएको छ । नितेश राई, गोविन्द गुरुङ, अच्यूतराज उप्रेती, जयप्रकाश राई, शान्ति लामा, पेम्बा शेर्पा, सिर्जना दाहाल, पेमा ल्हामु लामा, मिना तामाङ, सागर केसी, रोकशकुमार राजवंशी र दिनेश परियार सदस्यमा चयन भए ।

Comment