आर्मीका दिनेशलाई स्वर्ण


नेपाल आर्मी क्लबका दिनेश बुढा मगरले १७ औं सिनियर तथा १० औं जुनियर आईटीएफ राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । नुवाकोटमा भइरहेको प्रतियोगिताको स्पाइरिङतर्फ सिनियर पुरुषको ५५–६० केजीको फाइनलमा दिनेशले एपीएफका गोविन्द खत्रीलाई पराजित गरे ।नुवाकोट जिल्ला आईटीएफ तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको जुनियर पुरुष २०–२५ केजीमा मध्यमाञ्चलका युनिश गौतम तथा २६–३० केजीमा पश्चिमाञ्चलका निरोज गुरुङ पहिलो भए । फाइनलमा युनिशले पश्चिमाञ्चलका मनीष क्षेत्री तथा निरोजले मध्यमाञ्चलका सन्तोष गुरुङलाई हराए । जुनियर महिला २०–२५ केजी फाइनलमा मध्यमाञ्चलकी रोशिका मगरले आयोजककी सरस्वती तामाङलाई पाखा लगाउदै पहिलो भइन् ।
प्याटर्नको महिलातर्फ येल्लो बेल्टमा पश्चिमाञ्चलकी समीक्षा गाहा र मध्यमाञ्चलकी रश्मी लामा, ग्रिन बेल्टमा एपीएफकी सुनीता गुरुङ र सुदूरपश्चिमाञ्चलकी उषा चौधरी, ब्लु बेल्टमा मध्यमाञ्चलकी विपना मगर र एपीएफकी अप्सना तामाङ शिर्ष दुइ स्थानमा रहे । रेड बेल्टमा मध्यमाञ्चलकी सचिना सुनुवार र पश्चिमाञ्चलकी रिया रचाल, ब्ल्याक बेल्ट पहिलो डानमा मध्यमाञ्चलकी रन्जु पुलामी मगर र आर्मीकी हेमा खड्का तथा ब्ल्याक बेल्ट दोश्रो डानमा आर्मीकी रुबिका खड्का र मध्यमाञ्चलकी स्वेता राई क्रमशः पहिलो र दोश्रो भए ।
सोही स्पर्धाको पुरुषतर्फ येल्लो बेल्टमा मध्यपश्चिमाञ्चलका प्रकाश आले र पश्चिमाञ्चलका मनीष क्षेत्री, ग्रिन बेल्टमा सुदूरपश्चिमाञ्चलका अनिल परियार र पश्चिमाञ्चलका सुन्दर रसाइली, ब्लु बेल्टमा मध्यमाञ्चलका युनिश गौतम र मध्यपश्चिमाञ्चलका सुजन विक शिर्ष दुइ स्थानमा रहे । रेड बेल्टमा एपीएफका श्यामकृष्ण श्रेष्ठ र मध्यमाञ्चल सुमित कँडेल, ब्ल्याक बेल्ट पहिलो डानमा एपीएफका मानबहादुर चौधरी र मध्यमाञ्चलका सागर कुँवर, ब्ल्याक बेल्ट दोश्रो डानमा आर्मीका पूर्णबहादुर मगर र एपीएफका विन्दुप्रसाद चौधरी तथा ब्ल्याक वेल्ट तेश्रो डानमा एपीएफका नाम्गेल तामाङ र आर्मीका धर्मराज कँडेलले क्रमशः स्वर्ण र रजत हात पारे ।
प्रतियोगिताको विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा २ सय खेलाडीले विभिन्न ४१ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष अञ्जन धमालाले जनाएका छन् ।

 

Comment