तेक्वान्दो प्रशिक्षक राजेश प्रतिनिधीसभा सदस्य उम्मेदवार


चिर परिचित तेक्वानदो प्रशिक्षक राजेश लामा आसन्न प्रतिनिधी सभाको निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर एकबाट उम्मेदवार हुने भएका छन् । लामो समय माओबादीमा सक्रिय लामा सो पार्टी त्याग्दै नेपाल संघीय समाजबादी पार्टीबाट उम्मेदवार हुन लागेका हुन् । लामाले प्रतिनिधी सभा सदस्य हुनका लागि चुनाबमा बामगठबन्धनका उम्मेदवार एमालेका कृष्ण प्रसाद दाहालसंग प्रतिस्पर्धा गर्नु पर्ने छ । राप्रपा अध्यक्ष कमल थापा प  िन त्यसै क्षेत्रका उम्मेदवार हुन् ।
ललीतपुर जिल्ला खेलकुद विकास समितीका पूर्व अध्यक्ष लामा राष्ट्रिय तेक्वान्दो संघमा आबद्ध छन् । कुनै समय मैत्री तेक्वान्दो डोजांगमा आबद्ध लामा खेलाडी र प्रशिक्षकको रुपमा त्यत्तिकै अब्बल थिए । निमा गुरुङ र निसा रावल आबद्ध डोजाङको रुपमा बिशिष्ट छाप बनाएको मैत्री राजेश  रहेको समयमा नेपालकै उत्कृष्ट तेक्वान्दो डोजाङ मध्य एकको रुपमा रहेको थियो ।
राष्ट्रिय तेक्वान्दो संघ आबद्ध मकवानपुर जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष सिताराम घलान एक नम्बर क्षेत्रकै प्रदेशकबाट प्रदेशसभा उम्मेदवार भएका छन् । यसैगरी, ललीपतुर जिल्ला खेलकुद विकास समितीका पूर्व अध्यक्ष योगेन्द्र घिसिङ पनि ललीतपुर जिल्ला क्षेत्र नम्बरएकमा सोही दलको तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार हुने भएका छन् ।

Comment