इन्डो नेपाल करातेमा छाए नेपाली खेलाडी


भारतको हरियाणामा भएको इन्डो नेपाल कराते प्रतियोगितामा सहभागि नेपाली कराते खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको छ । २७ देखि २९ अक्टोबरमा भएको प्रतियोगिताको २० किलो तौल समुहमा नेपालका पुष्प राज नेगी तथा ४० किलोमा मनिष रानामगरले स्वर्ण पदक पाए । यसैगरी,५५ किलोमा आशिष दराइ र ६५ किलोमा दावा चन्द्र घिसिङले पनि पहिलो स्थान पाए ।
३५ किलोमा मनिष राउत,४० किलोमा इन्द्र प्रसाद राजशंबी,४५मा सुरेन्द्र थापा, ५५ किलोमा परशुराम पण्डित र ६५ किलोमा सुमन बस्नेतले रजत पदक पाए । ६५ मा विवेक राजबशी,७५ किलोमा सोनाम तामाङ,७० किलोमा शुभ सिलवाल र घनिन्द्र राजबंशीले ८० किलो भन्दा मथिको तौल समुहमा काश्य पदक पाए । खुला तौल समुहमा सोनाम थिङ दोश्रो भए ।

Comment