रुपन्देहीका तेक्वान्दो खेलाडीको विदाइ


दक्षिण कोरियाको सिओलमा २८ अक्टोबरमा सुरु हुने किमयन योंग कप अन्त्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसीपमा सहभागि हुने रुपन्देहीका खेलाडी तथा प्रशिक्षक एभरेडी फीटनेस सेन्टरले विदाइ गरेको छ । फीटनेस सेन्टरकी प्रबन्ध निर्देशक रुक्मा थपलीया तथा प्रमुख अतिथी रुपन्देही जिल्ला तेक्वान्दो संघका अध्यक्ष दिपेन्द्र बुढा प्रीतले विदाइ गरे । १ नोभेम्बरसम्म हुने प्रतियोगितामा सहभागि टोली कोशीस खड्काको प्रशिक्षणमा रहेको छ । सहभागि खेलाडीमा पराग दास गोर्खाली, जयराम कहार तथा राकेश यादव रहेका छन् ।
परागले ३९ बर्ष मुनीको स्पाइरिंग र पुम्सेमा सहभागिात जनाउने छन् । यसैगरी,जयरमले ६३ किलो तथा राकेशले ६८ किलोमा प्रतिस्पर्धा गर्ने छन् ।

Comment